व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सभ्यताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहेछन् । कृषि क्षेत्रको आधुनिकरणमा योगदान पुर्याउने गरी जोनमा समावेस गरिएका बाली / वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्दि गर्नु , जोन क्षेत्रमा कृषि यान्त्रिकरण , कृषि पूर्वाधार विकास एवंम व्यावसायिकरण प्रर्वधन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकिकरणको आधारशिल तयार गर्ने जस्ता व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संञ्चालनका उदेश्यहरु रहने छन् । 

परियोजना संञ्चालनको प्रथम वर्षमा अनुसुचि ६ मा उललेख गरिएका ३० जिल्लामा ३० वटा यस्ता व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रहरु(जोन) स्थापना हुनेछन् । परियोजना अवधिमा सम्भाव्यताका आधारमा जोनहरुको संख्या न्यूनतम ३०० पुर्याइनेछ ।सम्बन्धित संञ्चालक समितिको सहमति तथा सम्बन्धित परियोजना कार्यन्वयन ईकाइको सिफारिशमा परियोजना व्यवस्थापन इकाइले आपसका जोडिएका क्षेत्रहरु समेटि जोन क्षेत्र विस्तार गर्न सक्नेछ । यस कार्यक्रमबाट व्यबसायिक कृषक समुहहरु तथा सहकारीहरु,जलउपभोक्ता समितिहरु, निजी कृषि उद्यमी तथा व्यबसायीहरु ( कानुन बमोजिम दर्ता भएका कम्पनीहरु) लाभान्वित हुनेछन् । 
  
जोन क्षेत्रमा रासायनिक तथा प्राङ्गरिक मल , उन्नत तथा हाइब्रिड बिउ बिजन, रसायनिक एवं जैविक विषादिहरु लगायतका उत्पादन सामग्रीहरुमा तोकिएको बमोजिम अनुदान सहयोग उपलब्ध गराइने छ । जोनमा सम्वन्धित बाली / वस्तुमा सहभागीतात्मक व्यबसायिक उत्पादन प्रविधि प्रर्दशन संचालन गरिने छ भने उत्पादन प्रविधि , बजारीकरण, मूल्य श्रृङखला विकास लगायतका विविध पक्षहरु समेटिने गरी स्थलगत तालिम कार्यक्रम संचालन गरिने छ । यान्त्रिकरण प्रर्वधनका लागी उत्पादन देखी बजारीकरण सम्म आबश्यक पर्नै सबै प्रकारका मेशीनरी औजार उपकरणको सेट सहितको सेवा उपलब्ध गराउन Custom Hiring Centre स्थापनाका लागी पुँजीगत अनुदान उपलब्ध गराइने छ । त्यस्तै , व्यवसायीकरणका लागी प्राथमिक प्रशोधन केन्द्र ,गोदाम घर , ग्रेडिङ लगायतका उत्पदानोपरान्त आवश्यक पुर्वाधारहरु रहेको एक पोष्ट हार्भेप्ट सेन्टर निर्माण गरिने छ ।  पुर्वाधार विकास सहयोग तर्फ लिफ्ट सिंचाई डिप तथा स्यालो टुबवेल   जडान, सिंचा्ई कुलो मर्मत तथा सुधार, आबश्यक कृषि पुर्वाधारहरु (community seed banks, processing, grading and packaging units, marketing infrastructures, CAESC Infrastructures\Laboratories) लगायतमा सहयोग पुर्याइने छ । साथै प्राङ्गारीक मल कारखाना, टिस्युकल्चर ल्याव , हाइटेक नर्सरी लगायतका पुर्वाधार निर्माणमा सहयोग पुर्याइने छ । 
  
 जोन कार्यक्रम व्यवस्थापनका लागी जोन स्तरमा जोन व्यवस्थापन समिति रहने छ भने समग्र कार्यक्रमको सहजीकरण तथा अनुगमन सम्वन्धित परियोजना कार्यान्वयन इकाइ मार्फत हुने छ । जोन कार्यक्रम संचालनको विस्तृत कार्यविधि बनाइ कार्यान्वयनमा ल्याइने छ । 

परियोजना अवधिको लक्ष्य २०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८ २०७८/७९ हाल सम्म
३०० २३ १२ ३२ ३९ 0 ७१ १७७