बृहत व्यवसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्र(सुपर जोन) विकास कार्यक्रम 

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली / वस्तुमा न्युनतम १००० हेक्टरमा संञचालन भएको वृहत व्यवसायिक कृषि उतपादन तथा औधोगिक केन्द्रका रुपमा सुपर जोन हरु रहनेछन् । सुपर जोनमा समावेश गरिएका बाली / वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्दी गर्नु, सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एंव व्यावसायिकरण प्रबर्धन, प्रशोधन केन्द्रहरुको स्थापना मुल विउ उत्पादन तथा कृषि अनुसन्धान केन्द्र र अध्यान संस्था मार्फत कृषि आधुनिकिकरण गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशीला निर्माण गर्नु यस्ता (सुपर जोन) विकास कार्यक्रम संञचालनका उद्देश्यहरु रहनेछन् । 

परियोजना संञ्चालनको प्रथम वर्षमा प्रत्येक प्रदेशमा अनुसुची ७ मा उल्लेख बमोजिमका ७ ओटा यस्ता व्यावसायिक कृषि उत्पादन तथा औधोगिक केन्द्रहरु रहनेछन् । परियोजना अवधिमा सम्भाव्यताका आधारमा सुपर जोनहरुको संख्या न्यूनतम २१ पुर्याइनेछ । बाली विशेषको सम्भाव्यता, माग र औचित्य हेरी यो संख्या बढाउन सकिने छ । सम्बन्धित संञ्चालक समितिको सहमति तथा सम्बन्धित परियोजना कार्यान्वयन ईकाइको सिफारिशमा परियोजना व्यवस्थापन ईकाइले आसपासका जोडिएका क्षेत्रहरु समेटि सुपरजोन क्षेत्र विस्तार गर्न सक्नेछ । यस कार्यक्रमबाट व्यवसायिक कृषक समूहहरु तथा सहकारीहरु , जल उपभोक्ता समूहहरु ,निजि कृषि उद्दमी तथा व्यवसायीहरु (कानुन बमोजिम दर्ता भएका कम्पनीहरु) , कृषि उपज बजार सञ्चालक समितिहरु लाभान्वित हुनेछन् । 

सुपरजोनमा सो्रत केन्द्र स्थापना सहयोग अन्र्तगत प्रजनन् बीउ उत्पादन , नियामक प्रयोगशालाहरु स्थापना , पा्रङ्गगारिक मल कारखानाहरुको स्थापना तथा सवलीकरण ,जैविक विषादी उत्पादन केन्द्र , ठूला कृषि बजारहरु , ठूला सिचाँइ पूर्वाधारहरु , कृषि तालिम केन्द्र , कृषि अनुसन्धान केन्द्र , कृषि अध्ययन संस्था÷कलेज स्थापना , कृषि जन्य उद्मोगहरु स्थापना लगायतका आवश्यक पूर्वाधारहरु निर्माण गरि कृषि आधुनिकिकरण उन्मुख बनाइने छ । 

सुपर जोन कार्यक्रम ब्यवस्थापनका लागि सुपर जोन स्तरमा सुपर जोन व्यबस्थापन समिति रहने छ भने समग्र कार्यक्रमको सहजीकरण तथा अनुगमन सम्बन्धित परियोजना कार्यनवयन ईकाइ मार्फत हुनेछ । सुपर जोन कार्यक्रम सञ्चालनको लागी विस्तृत रुपमा एक कार्यविधि बनाइ लागू गरिने छ । 
 

परियोजना अवधिको लक्ष्य २०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८ हाल सम्म
२१ १० १४ १६ १६ १६