साना ब्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम

राष्ट्रिय आबश्यकता र स्थानिय सम्भाब्यताका आधारमा तोकिएको बाली / वस्तुमा तोकिएको न्युनतम क्षेत्र/संख्यामा  (मौरी, च्याउ, हाइटेक ग्रिन हाउस / प्लाष्टिक हाउस, मक्ष्य पोखरीको हकमा कार्यविधिमा व्यबस्था भए अनुसारको संख्या तथा क्षेत्रफलमा) जिल्लास्तरमा प्राथमिक उत्पादन इकाइका रुपमा साना ,साना व्यबसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिने छन् । जिल्लास्तरमा कृषि क्षेत्रको आधुनिकिकरणमा योगदान पुर्याउने गरी पकेटमा समावेस गरिएका बाली / वस्तुको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्नु र पकेट क्षेत्रमा कृषि उत्पादन सामग्री आपुर्ति तथा प्राविधिक सेवा प्रवाहमा अभिबृद्धि गर्नु यस्ता सान व्यबसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम संचालनका उद्देश्यहरु रहनेछन् । परियोजना संचालनको प्रथम वर्षमा प्रत्येक जिल्लामा अनुसूचि चारमा उल्लेख भए बमोजिमका संख्यामा गरी कुल २१०० कृषि उत्पादन पकेटहरु रहनेछन् । सम्बन्धित संचालक समितिले आबश्यकता अनुसार निर्णयगरि पकेटक्षेत्र बिस्तारगर्न सक्नेछ ।

यस कार्यक्रमबाट साना तथा मझौला कृषक समुहहरु लाभान्वित हुनेछन् । प्रत्येक पकेटले पकेटक्षेत्र आसपासका कम्तिमा १० जना कृषकलाई सेवा पुर्याउने छन् । पकेट क्षेत्रमा रासायनिक तथा प्राङ्गरिक मल, उन्नत तथा हाइब्रिट बिऊविजन, रासायनिक एवं जैविक विषादिहरु लगायतका उत्पादन सामग्रीहरुमा अनुदान सहयोग उपलब्ध गराइने छ भने स्थलगत तालिम, व्यबसायिक प्रर्दशन , कृषि यन्त्रिकरण लगायतका कार्यक्रमहरुमा समेत सहयोग पुर्याइने छ । साना पुर्वाधार विकास सहयोग तर्फ साना सिंचाइ, प्रारम्भिक प्रशोधन पुर्वाधारहरु, (threshing floor, storage house, collection centre) लगायतमा सहयोग पुर्याइने छ ।

पकेट कार्यक्रम व्यबस्थापनका लागी पकेट स्तरमा पकेट व्यबस्थापन समिति रहने छ भने समग्र कार्यक्रमको सहजिकरण तथा अनुगमन सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यलय मार्फत हुने छ । विस्तृत कार्यविधि बनाई पकेट विकास कार्यक्रम संचालन गरिने छ ।

परियोजना अवधिको लक्ष्य

२०७३/७४

२०७४/७५

२०७५/७६

२०७६/७७

२०७७/७८

२०७८/७९

हाल सम्म

१५००० १९३१ २०२३ २७७६ ४३७२ ६७४२ ७६५७ ७६५७