नेपाली
English
स्वदेशीसोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना
  • About Us
  • Components
    • Block
    • Pocket
    • Zone
    • Superzone
  • Legal Content
    • Approved Guidelines
    • Project Document
    • Others
  • Publications
  • Employee Information
  • Photo Gallery
  • Notice
  • Contact
  • Other Information
    • Goals
    • Detailed Information
    • Project Director Request
  • Gallery
    • Gallery
    • Videos
  • Organizational Structure
  • Citizen Charter
  • Goals
  • Test
  • Login Customizer
  • Home
  • Home-old

Detailed Information

Home Detailed Information

नेपालको कुल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हे रहेको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औषत आकार ०.६८ हेक्टर र प्रति कित्ताको औषत आकार ०.२१ हे. रहेको छ। खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सिमित स्रोत र साधनहरुका कारण एकीकृत रुपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका छैन। कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजि क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेको छैन। गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिंचाई, कृषि सडक, ग्रामिण विद्युतिकरण, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आइएको छ।

यिनै पृष्ठभूमिलाई मध्यनजर गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था जस्ता प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ।

“सेवामैत्री प्रशासनः संघीयतामा सुशासन”

सम्पर्क

खुमलटार
ललितपुर, नेपाल
फोन: +९७७-१-५५२०३४६
फ्याक्स: +९७७-१-५५२०३४६
info@pmamp.gov.np
pmamp.pmu@gmail.com

सूचना अधिकारी


परशुराम रावत
बरिष्ठ कृषि अधिकृत

सम्पर्क नं ९८५१२४८२७९

जानकारी

यस कार्यालयसँग सम्बन्धित सेवा प्रवाहका विषयमा तपाईको कुनै सुझाव अथवा गुनासो छ? छ भने हामीलाई खबर गर्नुहोस् l

खबर गर्ने ठेगाना

प्रधानमंन्त्री कृषि आधुनीकीकरण परियोजना

खुमलटार, ललितपुर, नेपाल

फोन नं. ०१-५५२०३४६

 फ्याक्स नं.०१-५५२०३४६

ईमेल.pmamp.pmu@gmail.com  info@pmamp.gov.np

 

Other Links

चेक मेल

सूचना व्यवस्थापन प्रणाली

Facebook
Twitter
Google+
LinkedIn
YouTube

Copyright 2017 – PMAMP- All Rights reserved

Developed By : Smart Tech Nepal Pvt. Ltd.